गजल

आफ्नाले जे गरे नी गल्ती नदेख्ने हुन भएन।।
तिमिले बिना कारण डाँको छाडि रुन भएन।।

समय सधै एकै हुदैन हिजो जस्तै आज पनी।
बितेका कुरा संम्झीएर आसुले मुख धुन भएन।।

साच्चै नयाँ जिन्दगी को सुरुवात गर्नु छ भने ।
सिंह सरि गर्जिनेलाई कुनै साईनोले छुन भएन।।

त्यो तिम्रो माया तेस्तो अजम्बरी बनोस् कि ।
मर्दा कसैले नभनोस उस्को कहिलै गुन भएन।।

तिम्रो माया को प्रभाव यति धेरै जमोस कि ।
अलिनो सब्जिमा नि नभनोस कसैले नुन भएन।
मुरारी घिमिरे
तार्केश्वोर-३,काठमाडौं।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here