आज भोलि हरेक दिन
बलात्कृत हुदैछन सपना
अपहरण हुदैछन खुशी
अनि ग्रहण लाग्दैछ जुन भित्र
कालो दाग बनेर खुशी छोप्ने लाजहरु ।
न यौवनमा मदकता थियो
न जीवनमा रौनकता थियो
तैपनी , किन तेर्सिन्छन
तिर बनेर लोभी आँखाहरु
किन बर्सिन्छ फुल झिर बनेर ।

बरालियका जीवनका हुटहुटिहरु ती
छरलियका यौबनका कुतकुतिहरु यी
कतिबेला लुटिने हुन पत्तो छैन ।
बस मेरा घाउहरुमा स्पर्श गरेर
कामुकता बर्साउदै छ दुनियाँ
लुकाउदै आफ्ना काला कर्तुत ।
अधुरा अठोट सल्काउन
कोरिन्छन सलाइका काँटिहरु
अपुरा बनोटहरु भत्काउन
जोडीन्छन छलाइका घाँटीहरु
बेइमान र बैभब साँध्नेहरु नै
गङ्गाजलले नुहाउदै
स्फटिक बस्र बेरेर
देखाउदै छन ङिच्च सेता दाँत
मैले आबिश्कार गर्न लागेको
माया र शान्तीको एउटा सृजना
सुन्दर र सुखमय संसार
आणविक अस्र ठाँनेर
भस्म गर्न खोज्दैछन
यतिबेला
मेरा सपना ।

श्याम लामिछाने
तारकेश्वर–२, काठमाडौं

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here