सर्वशक्तिको चौथो वार्षिक साधारण सभा सन्पन्न

सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं अन्र्तगतको एन्जल किड्सको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सुरेन्द्र मर्हजनको सभापतित्वमा र तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले विभिन्न राजैनिक आस्था, धार्मिक आस्था, जातजाती, फरक भाषा र समुदायका मानिसहरु एकै स्थानमा जमघट गर्ने माध्यम नै सहकारी हो भन्ने बताए ।

नगर प्रमुख बोहोराले भने, सहकारी नगरपालिकाको मातहतमा आईसकेको छ, हामीले सहकारीलाई के कसरी व्यवस्थित बनाउँन सकिन्छ भन्ने विषयलाई ध्यानमा राखी आवश्यक विधी बनाउँने क्रममा छौ भन्ने बताए । उनले भने, सहकारीमा शेयर लगानी गर्ने र वैंकमा कारोबार गर्ने परिपाटी रहेको र यो परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिका वडा नं १० को सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. ०७४/०७५ को आषाढ मसान्त सम्म शेयरपूजी २ करोड ७२ लाख ८८ हजार २ सय रहेको छ । सस्थाले तारकेश्वर नगरपालिकाको विभिन्न कार्यक्रम एवं स्थानीय विकास निर्माणको कार्यमा आर्थिक, भौतिक एवं सामाजिक सहयोग गर्दै आएको प्रवन्ध निर्देशक अमर मर्हजनले बताए ।

संस्थाले स्थापनाका कालदेखि नै शेयर सदस्यहरुको आर्थिक उन्नतीका सार्थै सामाजिक उत्तर दायित्वका कार्य समेत गर्दै आएको अधयक्ष सुरेन्द्र मर्हजनले बताए ।

सो चौथो वार्षिक साधारण सभामा मनमैजु समाज कल्याण बुहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लबकुमार बस्नेत, विभिन्न छिमेकी सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधी, विभिन्न समाजसेवी, शिक्षासेवी लगायत विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here