महानगरीय प्रहरी वृत बालाजुको नागरीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ६ स्थित खेलाचौरमा सञ्चालित सो कार्यक्रम तारकेश्वर–६ का वडा अधयक्ष मधु कार्कीको सभापतित्वमा र नगर प्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा समपन्न भएको हो ।

सो कार्यक्रममा उठान भएका सवालको सम्बोधन गर्ने क्रममा नगर प्रमुख रामेश्वर बोहोराले शान्ति सुरक्षाको विषयमा अति चासोका रुपमा हेर्नु पर्ने अवस्था रहेको र तारकेश्वर नगरपालिकाले यो विषयलाई विशेष प्राथमिकता दिएको बताए ।

सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त बलाजुका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले शान्ति सुरक्षा कायम, अपराध रोकथाम एवं नियन्त्रणको कार्य नेपाल प्रहरीको मुख्य उद्देश्य रहेको र सो कार्यको लागि आफू प्रतिवद्ध रहेको बताए ।

सो कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी निरीक्षक ईश्वर थापाले प्रहरी सेवाको बारेमा नागरिकले विश्लेषण गर्ने बलियो माध्यमको रुपमा नेपाल प्रहरीले प्रत्येक ३÷३ महिनामा नागरिक सुनवाई कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले भने, यो नागरिक सुनवाई कार्यक्रम प्रहरी र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउँने माध्यम पनि हो । सो कार्यक्रममा तारकेश्वर–२ का वडा अध्यक्ष रविन्द्र के.सीले आफनो वडामा सञ्चालित विभिन्न बालुवा वासिङका साथै प्लटिङ कम्पनीहरु दायरामा आउँनपर्ने बताए । यस्तै गरि पत्रकार नन्द बहादुर ऐडीले खाजाघरको रुपमा अवैध कार्य हुदै आएको र सो कार्य नियन्त्रणको लागि नगरपालिका र प्रहरीले समयमै ध्यान दिन आवश्यक रहेको बताए ।

गोरखापत्रका सहसम्पादक नारद गौतमले साङले खोला र महादेव खोलामा फोहोर फाल्न रोक्नु पर्ने बताए । स्थानीय प्रदीप थापाले ट्रिपर आतङक बढ्दै गएको र त्यस कार्यको रोकथामको लागि सम्बन्धित निकायले वेलैमा पहल गर्नुपर्ने बताए । तारकेश्वर–२ का प्रकाश फुयालले १३ देखि २० वर्ष सम्मको उमेरकाहरुलाई विशेष लक्षित बनाई जनचेतनाका कार्यक्रम लागू गर्न आवश्यक रहेको बताए ।

महानगरीय प्रहरी वृत्तको आयोजनामा सञ्चालित सो नागरिक सुनावाई कार्यक्रममा लागू औषध, अपराध रोकथाम, शान्ति सुरक्षा व्यवस्थापन लगायतका यावत कुराहरुको उठान भएको छ । सो कार्यक्रममा नगरप्रमुखका साथै विभिन्न वडाका वडा अधयक्षहरु सहभागी भएकोले नगरपालिकाको विकास निर्माणको बारेमा समेत कुराहरु उठेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here