चोरी कार्यमा संलग्न एक ब्यक्तिलाइ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न एक ब्यक्तिलाइ पक्राउ गरी सार्वजानिक गरेको छ ।

बु.न.पा ८ गोल्फुटार स्थित भुवन खड्काको घरमा डेरा गरी बस्ने जि.स.पा.पाँचमोखरी गा.पा वडा नं ८ घर भएकी विना लामाको कोठाबाट चोरी भएको भन्ने जानकारी पाए लगतै महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी नायव निरिक्षकको सादा पोशाकमा खटिएको प्रहरी टोलीले चोरी कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास एवंम अनुसन्धान गर्दै जाँदा मिति २०७५०९२४ गते का.जि.कागेश्वर मनोहरा न.पा.९ स्थित अर्याल गाँउबाट जि.सि.पा.पाँचपोखरी गा.पा.वडा नं.८ स्थायी ठेगानाको वर्ष २५ को शुरेश तामाङलाई चोरी भएको  गहना सहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजानिक गरेको ।

कोठामा कोही नभएको अवस्थामा ताला फोरी कोठामा रहेको नगत रु २६०००, सुनको रिङ २ थान र सुनको जन्तर १ थान शुरेश तामाङले चोरी गरेका थिए ।
प्रक्राउ परेका तामाङलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक फरिन्द्र प्रसाईले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here