रक्षादेवीको १२ औ वार्षिक साधारण सभा

रक्षादेवी कृषी सहकारी संस्था लि. तारकेश्वर–२ काभ्रेस्थलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं २ अन्र्तगत रहेको रक्षादेवी मन्दिरको परिसरमा सो साधारण सभाको कार्यक्रम सञ्चालन भई सम्पन्न भएको हो । संस्थाको अध्यक्ष अनिल भण्डारीको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा स्थानीय समाजसेवी राधाकृष्ण खड्गी, स्थानीय पत्रकार नन्द बहादुर ऐडी, तारकेश्वर–२ का वडा सदस्य अर्जुन भण्डारी लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।
सो साधारण सभाको अवसर पारी जीर्ण अवस्थामा रहेको रक्षादेवी मन्दिर पुन निर्माणको लागि रकम संकलनका साथ निर्माण उपभोक्ता समिति समेत गठन भएको छ ।

रक्षा देबी कृषि तथा सहकारी संस्था लि 2050 सालमा कृषि समूह गठन गरी 2063 सालसम्म आईपुग्दा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता गरी बिधिवत रुपमा संञ्चालनमा आएको कृषि सहकारी संस्थाले समाजमा छरिएर रहेका साना साना पूँजी सङ्कलन गरी सहकारीको सिद्धान्त एवं मूल्य मान्यताहरूलाई अनुसरण गर्दै संस्थाका सदस्यहरुसंग सहकार्य गरी आफ्ना सदस्यहरुको आर्थिक सामाजिक र संस्कृतिक बिकासलाई सुनिश्चित गर्ने चाहनालाई पूरा गर्ने उद्देश्यले प्रेरित भएर सदस्यहरूको ब्यक्तिगत एवं सामूहिकरूपमा क्षमता अभिवृद्धि गरी आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने लक्ष राखिएको बताउनुभएको छ ।

आर्थिक वर्ष 2074/075मा 3 करोड 3 लाख 27 हजार 9 सय 12रूपैयाँ 22 पैसाको कारोबारबाट सम्पूर्ण प्रशासनिक र ब्याज खर्च कटाएर बाँकी रहेको खुद 1,05810/92 पैसा नाफा कमाउन सफल भएको छ ।

यस सहकारी संस्था लि को स्थापनाको ईतिहास 2050 सालमा कृषि समूह गठन गरेर अगाडि बढ्दै आएर 2063 सालमा सहकारी डिभिजन सहकारी कार्यालय काठमाडौंमा बिधिवत रुपमा दर्ता गरेर अगाडि बढदै स-साना कार्यहरू गर्दै 2070 साल पुस 27 गते पृथ्वी जयन्तिको अवसरलाई शुभसाइत पारेर बिधिवत रुपमा बिशेष कार्यक्रम गरेर कार्यालय राखेर अगाडि बढ्न सफल भएको छ ।

समाजमा छरिएर रहेका साना साना पूँजी सङ्कलन गरी सहकारीको सिद्धान्त एवं मूल्य मान्यता हरूलाई अनुसरण गर्दै संस्थाका सदस्यहरु संग सहकार्य गरी आफ्ना सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक बिकासलाई सुनिश्चित गर्दै सदस्यहरुको ब्यक्तिगत एवं सामूहिकरूपमा क्षमता अभिवृद्धि गरी आत्मनिर्भर एवं सामूहिकरूपमा क्षमता अभिवृद्धि गरी समाज बिकास गर्न अभिवृद्धि गर्ने ।

सस्थाका आर्थिक वर्ष 2074/075 मा 3 करोड 3 लाख 27 हजार 9 सय 12 रूपैयाँ 22 पैसाको कारोबार बाट सम्पूर्ण प्रशासनिक खर्च कटाएर बाँकी रहेको 1,05810/रूपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here