म मरेको क्षण सम्झेँ

श्याम लामिछाने

पौष २१ काठमाडौं/

मलामिको मलिन अनुहार म मरेको क्षण सम्झेँ
दुर कतै सबलाई छाडि म सरेको क्षण सम्झेँ ।

मेरा बैगुन बिर्सीएर रुन्छनकी कोहि आँसु पुछि
खट माथी सजिएर म झरेको क्षण सम्झेँ ।

जन्मे पछि मर्नै पर्ने नियती कस्तो जिन्दगीको
बालबच्चाको बिजोक ओहो आपद परेको क्षण सम्झेँ ।

नसम्झिउकी जस्तो लाग्थ्यो याद आयो कता कता
छेउमै बस्ने प्रीयसिको स्युदो भरेको क्षण सम्झेँ ।

जति हार ग्वार गरे पनि बिधाताको विधि कठोर
भाग्य लुट्दा जवानी मै सिन्दुर हरेको क्षण सम्झेँ ।

एक छिन अघि सुम्सुम्याउदै अत्ति प्यारो गर्नेहरु
लास भयो नछोउ भन्दै सब डरेको क्षण सम्झेँ ।

चिता माथि सुताएर दागबत्ती दिए पछि
सब मौन भै स्रधान्जली अर्पण गरेको क्षण सम्झेँ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here