ओरालो लागेको मृगलाई बाछाले पनि धकेल्छ कपिलको हालत दयनीय

एजेन्सी , मुम्बइ । ओरालो लागेको मृगलाई बाछाले पनि धकेल्छ भन्ने उखान उत्तिकै जनमानसमा प्रचलित हैन । चर्चित कमेडियन कपिल शर्मा फेरी पुरानो शो ‘द कपिल शर्मा शो’लिएर फर्कीसकेका छन् । उनले सोनी टिभीमा प्रशारण हुने निरन्तरता दिएका हुन् । अहिलेको नया शो पनि दर्शकले निकै मन पराएका छन् । यस अघि महँगो पारिश्रमिक लिएका कमेडियन कपिल शर्माले अहिलेका नया शोमा भने पारिश्रमिक घटाएका छन् ।उनले अहिले एक एपिसोडको १५ लाख रुपैयाँ लिइरहेका छन् ।

अघिल्लो सिजनमा एक एपिसोडको लागि ६० देखि ८० लाखसम्म लिएका कमेडियन कपिल शर्माले अहिलेको शिजनमा पारिश्रमिक घटाएका हुन् । यसपटक कपिल यो शो सलमान खानसँग मिलेर बनाइरहेका छन् । अघिल्लो सिजनमा आफैं निर्माण गरेका कपिलले पुराना सहकर्मी सुनिल ग्रोवरलाई सम्झिएका छन् । कपिलले आफ्नो बिहेमा सुनिल ग्रोवरलाई बोलाए तर कुनै कारणवश सुनिल आउन सकेनन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here