मलाई खरानी बनायौ तिमीले पुरूषोत्तम – ‘रसुवा’ (भिडियो सहित )

गजल

बनी राप चर्को जलायौ तिमीले
मलाई खरानी बनायौ तिमीले।

निको हुन्छ झट्टै बिमारी हजुर्को
भनी हातमा बिष थमायौ तिमीले।

निकालेर फाल्यौ दया प्रेम भूली
बडो प्रेमले जुन सजायौ तिमीले ।

निषेध पस्नलाई गर्यौ आजदेखी
नजरबाट सोझै हटायौ तिमीले।

यतीसम्म झुठो हुँदो रै’छ माया।
दियौ चोट दिलमा दुखायौ तिमीले ।

गजलकार
पुरूषोत्तम पौडेल – ‘रसुवा’

गजलमा जले पुरूषोत्तम – ‘रसुवा’ (भिडियो सहित )

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here