रेशम चौधरी ! अब के हुन्छ ?

१९ पुस, काठमाडौं । रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्दैछन् । डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी सपथपछि संसद भवन जालान् कि फेरि जेलमै ? यो चासो सर्वत्र छ । आज पद तथा गोपनीयताको सपथ ग्रहण गरे पनि संसद बैठकमा पनि सहभागी हुन नपाउने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । सपथ खुवाइसकेपछि सांसद चौधरीलाई फेरि डिल्लीबजार कारागारमै लगेर राखिने छ । ‘सपथका लागि प्रहरीले लिएर आउँछ र आफैंसँग लिएर जान्छ ।’ सभामुख महराले भने ।
टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउँदैछन् । सांसद चौधरीको सपथ ग्रहणको लागि सभामुख महरा बिहानैदेखि परामर्श तथा तयारीमा व्यस्त छन् ।टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलाली- १ बाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here