सरकारी गाडीमा सचिवको छोरोको डेटिङ

पुस १७, गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुरस्थित घरमै लगेर थन्काए। दगि न्युजमा समाचार प्रकाशन भएपछि पुस १२ गते उक्त ग१झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो। यो बाहेक ग१झ ३४४ नम्बरको ह्याचब्याक कार पनि खड्काले प्रयोग गर्दै आइरहेका छन् । यी दुई कार प्रदेशसभा सचिवालयले गत साल किनेको हो। प्रतिकार ३२ लाख ५० हजार रुपैयाँका दरले प्रदेशसभाले कुल ६५ लाख रुपैयाँ खर्चेर किनेको कार सचिव खड्काका छोराले समेत प्रयोग गर्दै आइरहेका थिए। स्रोतका अनुसार सचिव खड्काले काठमाडौं जाँदा लगेको कार आफ्ना छोरालाई दिएर आएका थिए। गत मंसिर २१ गते सचिव खड्काका छोराले अन्य युवतीहरूसँग ग१झ ३४४ नम्बरको कार लिएर बेगनास तालको शयर समेत गरेका थिए । छोराले प्रयोग गर्ने कार रातारात पोखरा झिकाइएतापनि पुनः आइतबार खड्का फेरि गाडी लिएर काठमाडौं गएका छन्। नेपाल सरकारले सहसचिव सरहको कर्मचारीलाई दिने सुविधा अनुसार खड्काले एउटामात्र गाडी प्रयोग गर्न पाउँछन्। नियमानुसार उनले सरकारी गाडी प्रदेशका ११ जिल्लाभन्दा बाहिर लैजान पाउँदैनन्। तर सचिवले भने अधिकार क्षेत्रभन्दा बाहिर गएर मनपरि रुपमा सवारी दुरुपयोग गरेका छन् ।

दुई ह्याचब्याक कार बाहेक सचिव खड्काले बा१झ ९६५९नम्बरको गाडी पनि प्रयोग गर्दै आईरहेका छन्। यो गाडी प्रदेशसभा सचिवालयको जिन्सीमा उल्लेख छ। तर, उनले तीनवटा गाडी प्रयोग गरेका छन्। प्रदेशसभा सचिवालयको सम्पत्तिमा सचिवले मनलाग्दी गरेका छन्। यही गाडी प्रदेशसभा परिसरमै सिक्ने क्रममा कुच्चिएको पनि छ। गाडी मर्मत, दोहोरो आवतजावतमा भएको ईन्धन खर्च सबै प्रदेशसभा सचिवालयले तिर्दै आएको छ। सवारी दुरुपयोगको विषयमा सभामुख नेत्रनाथ अधिकारीले सम्झाउँदा पनि उनले टेरेका छैनन्।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here