बिकास हेर्न सिंगो गाउँ कार्यपालिका भ्रमणमा

राजन रावत हुम्ला/ नमूना बिकास हेर्न भन्दा सिमकोट गाउँ पालिकाको टिम पुरै जिल्ला बाहिरको अबलोकन भ्रमणमा गएको छ ।

टोलीले नमूना जिल्लाहरुमा भएको बिकासका कामहरु र स्थानीय सरकार संचालनमा भएका सफल प्रयासहरु बारे भ्रमण अवलोक गर्ने भएको हो । जनप्रतिनिधि र कर्मचारीहरुलाई परिबर्तित नयाँ संरचना अनुसार भएका बिकास र गरिएको अभ्यास बारे स्थलगत रुपमै अध्ययन अबलोकन गराउने कार्यक्रम सिमकोट गाउँपालिकाले तय गरे अनुसार भ्रमण सुरु गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताएका छन ।

यो भ्रमणका क्रममा बिशेष गरेर नगरपालिका र गाउँपालिकाले नयाँ संरचना अनुसार गरेका अभ्यास तथा प्रयासका वारेमा अनुभव आदान प्रदान गर्ने र स्थानीय सरकारद्धारा संचालन भएको गतिविधिहरुको अवलोकन गरिने उनले बताए । भ्रमण टोलीले एक नम्बर प्रदेशका पहाडी जिल्ला र चार नम्बर प्रदेशका पहाडी जिल्लामा भ्रमण गर्ने भएको छ । भ्रमण खर्चिलो भए पनि यसलाई फलदायी बनाउनेतर्फ गाउँपालिका लागि परेको अधिकृत दर्जीले बताए ।

कतिपय कुराहरु हुम्लाको हावापानी र भुगोलसंग मिल्ने भएको कारण जनप्रतिनिधिहरुलाई आफ्नो ठाँउमा योजना तर्जुमा गर्न सहजता होस भन्न कै लागि यो भ्रमण गरिएको गाउँ पालिकाले जनाएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित १८ जना सदस्य तथा केही कर्मचारीको भ्रमण गर्न र भ्रमणको लागी २५ लाख वजेटको ब्यबस्था गरिएको जनाइएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here