आजको पत्रपत्रिका

सर्बोच्चको आदेश : एमाले निराश

संशोधन संसदको अधिकार हो भन्दै हिजो सर्वोच्चले सीमांकन प्रक्रिया राेक्न नहुने भनि आदेश सुनाएको छ । प्रधानन्यायधिस सुशीला कार्की र न्यायधिस ईश्वर खतिवडाको सँयुक्त इजलासले सोमबार यस्तो ठहर गर्दै संबिधान संशोधनको बल अदालत बाट संसद तिरै फर्काई दिएको छ ।

सर्वोच्चले संविधानको मर्म र भावनाविपरीत संशोधन भए पुनः आउन सक्ने अबस्था रहेको भन्दै हाललाई प्रक्रिया रोक्न अस्वीकार गरेको हो । एमाले बाहेकका अन्य दलले सर्वोच्चको उक्त निर्णय स्वागत योग्य रहेको बताएको आजको नागरिक दैनिकमा खबर छ ।

 

नेपाल पहिलो पटक सेमिफाईनल बाट बाहिरियो

साबिकको प्रतिद्धन्दि भारत सँग सेमिफाईनलमा पराजित हुदै नेपाल भारतमा जारी चौथो साफ महिला च्याम्पियनसिप बाट बहिरिएको छ । नेपालले यस अघिको तीनै संस्करणमा फाईनल खेलेको थियो । हिजो दिउस २ः१५ मा भएको नेपाल र भारत बिचको खेलको अन्तिम नतिजा ३–१ आएको थियो । पहिलो हाफको अन्तिममा भारतकि कमलादेवीले गोल गर्दै भारतलाई अग्रता दिएकि थिईन ।

नेपालका प्रशिक्षकले भने रेफ्रिको कमजोरिका कारण खेल गुमाउनु परेको बाताए । उनले पाउनुपर्ने तीन वट पेनाल्टी नेपाललाई नदिईएको र भारतले गरेको पहिलो गोल पनि अफसाईट रहेको भन्दै चित्त दुखाई गरे भन्ने आजको कान्तिपुर दैनिकमा समाचार छ ।
चक्रपथ भित्र पाईप तत्काल नबिछ्याइने

बजेट अभावको कारण देखाउदै तत्कालका लागि जारी मेलम्ची खानेपानिको पाईप बिछ्याउने काम रोकिने काठमान्डौ उपत्यका खानेपानि लिमिटेडले जनाएको हो । चक्रपथ भित्रका माहाराजगन्ज, सामाखुशी, स्वयम्भु क्षेत्र र चक्रपथ बाहिर जोरपाटि, बौद्ध, आरुबारि, सरस्वतीनगर, कपन, सुकेधारा, गोल्फुटार लागायत क्षेत्रमा खानेपानी पाईपलाइन तथा बितरण प्रणाली बिछ्याउने तयारी अहिलेसम्म पनि गरिएको छैन् । उक्त क्षेत्रको काम छिट्टै सुरुगर्न एडिबि सँग नेपाल सरकारको कुरा भईरहेको काठमान्डौ खानेपानी लिमिटेडले बताएको आजको गोरखापत्रमा खबर छ ।

 

२०१७ शान्तिवर्ष 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइबार राष्ट्रसंघ प्रमुखको रुपमा जिम्बेवारी सम्हाले पछि २०१७ लाई शान्तिवर्षको रुपमा मनाउने प्रस्ताव गरेका छन् । पोर्चुगलका पुर्व प्रधानमन्त्रीका रुपमा अनुभवी गुटेर्रेसले सिरियाको राजनितिक संकट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्बेवारीसहित निवर्तमान राष्ट्रसंघ प्रमुख वान कि मुनबाट आईतवार देखीनै राष्ट्रसंघको प्रमुख जिम्बेवारी लिएका हुन् भन्ने खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here