तारकेश्वर ९ मा २१ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

२०७५ पौष ९ गते
तारकेश्वर संवाददाता\महानगरीय प्रहरी वृत बालाजुले २१ हजार लिटर भन्दा माथीको अवैध घरेलु मदिरा नष्ट गरेको छ । तारकेश्वर नगरपालिका वडा नं ९ अन्र्तगतको ग्याडोलमा सञ्चालित विभिन्न अवैध घरेलु मदिराको भट्टीमा उत्पादित सो दिरा नष्ट गरिएको हो ।

महानगरीय प्रहरी वृत बालाजुका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक चिरन्जिवी कोईरालाको नेतृत्वमा र तारकेश्वर नगरपालिका वडा नं ९ का वडाध्यक्ष बलराम सिटौला, वडा सदस्य सानूकान्छा मर्हजनको प्रत्यक्ष सहभागतामा सो कार्य सम्पन्न भएको हो ।

सो टोलीले १९ हजार ३ सय १० लिटर कच्चा र १ हजार ५ सय ६५ लिटर तयारी अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
सो अवैघ घरेलु मदिरा नष्ट गदै महानगरीय प्रहरी वृत बालाजुका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक चिरन्जिवी कोईरालाले यस्ता अवैध घरेलु मदिरा उत्पादन र विक्री वितरण गर्ने जो कोहीलाई पनि नछाड्ने र कडा कानूनी कारवाही गर्ने चेतावनी दिनुभयो ।

यस्तै गरि वडाध्यक्ष बलराम सिटौलाले अवैध घरेलु मदिरा उत्पादन गर्नका लागि जग्गा भाडामा दिने जग्गाधनीलाई समेत आवश्यक कानूनी दायरामा ल्याउँनको लागि वडा कार्यालयले पहल गर्ने बताए ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here