अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा एक्टिभ युथ गुप्रद्धारा अपाङ्गलाई न्यानो कपडा वितरण

२०७५ मंसिर १७ \एक्टिभ युथ गुप्र तारकेश्वर–८, काठमाडौंले अपाङग भएका व्यक्तिलाई कपडा वितरण गरेको छ ।

अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा तारकेश्वर–६ पैयाटार स्थित रहेको अपाङ्ग सेवा केन्द्रका अपाङ्ग व्यक्तिहरुलाई जयकेट र टोपी वितरण गरेको छ । एक्टिभ युथ गुप्रले अपाङ्ग व्यक्तिहरुलाई चिया विस्कुट समेत प्रदान गरेको हो । सो वितरण कार्यको लागि तारकेश्वर–८ का वडा सदस्यद्धोय मोहन खत्री र शुसिला श्रेष्ठका साथमा एक्टिभ युथ गुप्रका अध्यक्ष कमला सिलवाल, उपाध्यक्ष सनिष बजगाई ,सचिव आस्था घिमिरे, कोषाध्यक्ष मनोज खत्री  र सदस्य दिपा अधिकारीलगायतका व्यक्ति सहभागी भएका थिए ।

अपाङ्ग भएका व्यक्तिहरुलाई राज्यले वेवास्ता गरेता पनि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका कुरा अपाङ्ग सेवा केन्द्रका अध्यक्ष चन्द्र बहादुर खत्रीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here