अमित बाबु रोकाय र जमुना श्रेपालीको आवाजमा सुमन ढकालको “दुखी जीवन” सार्वजनिक (भिडियो सहित)

मंसीर ०७ / रुकमेली गायक तथा संगीतकार अमित बाबू रोकाय यतिबेला संगीतक क्षेत्रमा खटिरहेका छन् । गायक तथा संगीतकार अमित बाबू रोकाय प्राय दुखका शब्दहरुले समेटिएका गीत गाउने गायक मध्येका एक हुन ।

उसो त अमितलाई दर्सकले दुखिका पिडाहरुलाई गीत मार्फत पिडाहरु बाहिर ल्याईदिने गायकको रुपमा दर्सकले अमित प्रति माया दियको पाइन्छ । कहिले “गयो माया खेर” , “आँशु पिउला बरु”, “नरुने मन” , “यो विरानो ठाउँमा”, कहिले त “गुनासो” जस्ता लोकप्रीय गीतहरुबाट दर्शकको माया पाएका गायक अमित बाबु रोकायले यतिबेला लोकदोहोरी गित “दुखी जीवन” लियर बजारमा आएका छन ।

देवि म्युजिक सोलुसन प्रा.लीको प्रस्तुतीमा सुमन ढकाल लय तथा शब्द रहेको गीत दुखी जीवनमा गायक तथा संगीतकार अमित बाबु रोकाय र रुकमेली गायिका जमुना श्रेपालीको स्वर रहेका छ ।
गीतमा पुस्कल र आयुस्माले अभिनय गरेका छन । यस भिडियोको निर्देशन अहिलेका चर्चीत निर्देशक काजिस श्रेष्ठले गरेका छन् ।

भिडियो

 https://www.youtube.com/watch?v=hGvWQaXvQ5Y

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here