नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई ‘हर्ट अट्याक’

मंसिर -७, काठमाडौँ । काँग्रेसको भ्रतृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाइ हृदयघात भएको छ  । गएराती निवासमै उनलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अहिले बासबारीस्थित गंगालाल अस्पतालमा अपरेशनको तयारी भैरहेको नेबिसंघका नेता सुशील भट्टले जानकारी दिएका छन् ।उनको अवस्था भने स्थिर रहेको बताइएको छ ।

अस्पतालमा अहिले काँग्रेस नेता प्रकाशमान सिंह, रामशरण महत, प्रदीप पौडेल सहित नेबिसंघका नेताहरुको भीड लागेको छ ।नेता पौडेलका अनुसार काफ्लेलाई शुरुमा हेम्स अस्पताल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गंगालाल अस्पतालमा ल्याइएको हो । काफ्ले काँग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् । चिकित्सकहरुका अनुसार काफ्लेलाई ४८ घण्टा आइसीयुमा राख्नुपर्नेछ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here