पिडितहरुको साहारा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज :मलेसियाबाट रोल्पाका प्यारेलालको उद्धार

विमल राज डाँगी  मंसीर ०३ काठमाण्डौं/ सुनिल स्मृति गाउँपालिका ५ मिझिङ,रोल्पाका प्यारेलाल नेपाली करिब २ वर्ष अगाडि बैदेशिक रोजगारको लागि मलेसिया पुगेका नेपाली करिव ५ महिना कम्पनिमै रहिकाम गरेको र सहमति अनुसार कम्पनिले न्युनतम् तलब सेवा सुविधा उपलब्ध नगराएपछि अबैधानिक रुपमा काम गर्दै आएका थिय ।

अबैधानिक रुपमा काम गर्ने क्रममा पेटमा समस्या आउदा चिकित्सका अनुसार नेपालीलाई पेटको अप्रेशन गर्नुप¥यो आफु सङ्ग भए जतिको सबै रकम उपचारमा सकिएपछि आर्थिक समस्या भएकाले प्यारेलालले बैदेशिक रोजगारको सिलसीलामा मलेसिया पुगेको सम्पुर्णमा नेपाली कामदार दाजुभाईहरु सङ्ग आफुलाई सकुशल नेपाल फर्काउन आर्थिक सहयोग गर्न अनुरोध गरेका थिय ।

मलेसियाको जोहार राज्यमा व्याबसायिक गर्दै आयका लुम राना मगरको आश्रयमा रहेको जानकारी पाए लगतै प्यारेलालको उपचार खर्च तथा घर फर्काउनको लागी आवश्यक सम्पुर्ण कागजातहरु र टिकट खर्च समेत विभिन्न सहयोगीमन र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाले नेपालीलाई उद्धार गर्नको लागि रकम संकलन अभियान सन्चालन गरेर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका विभिन्न पदाधिकारीहरु बाट मलेसियन रकम RM ४१९६ जम्मा भएको थियो । जम्मा भएका रकम मध्य मलेसियन अद्यागमन विभागमा फाईन वाफत RM २१०० तिरेर साथै मालिन्डो एअरलाइन्सको हवाई टिकटलाई RM १०५० खर्च गरी बाकि रकम RM १०४६ प्यारेलाल नेपालीकै नाम नेपाल पठाई दिने भएको छ ।

उसो त सामाजिक कार्यमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज सकिृय भएको देखिन्छ । यो भन्दा अगाडि पनि बैदेशिक रोजगारको सीलसीलामा बिदेशि भुमिमा पुगेर अनेकौ सम्मस्या भोगिरहेका नेपाली कामदारहरुलाई सहयोग गर्दै समस्या बाट पार गराउदै आयको छ । बैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा पुगेका सबै रोल्पाली एकजुट भएर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज स्थापना गरेका हुन त्यही संगठन भित्रको एउटा अन्तराष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाले प्यारेलाल नेपालीलाई मलेसियालबाट नेपाल फर्काउन सफल भएको हो ।

सामाजिक कार्यमा सकृय भइ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका सल्लाकार साथै अध्यक्ष सुगम मगर,महासचिव राम प्रसाद पुन,सचिव अर्जुन घर्ती एवंम सम्पुर्ण सदस्य लगायत केन्द्रीय परिवार र क्षेत्रीय कमिटी जोहोर मलेसिया परिवारले हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा समस्यामा परेकालाई समस्या बाट पार गराउन सबैले आफुले सक्दो सहयोग गरी एक्यबद्धता जनाहुन सबैमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले अनुरोध गरेको छ ।

पीडित प्यारेलाल नेपालीलाई कुन म्यानपावर बाट बिदेश जानु भएको हो भनि सोध्दा आफुलाई नै कुन म्यानपावर हो भन्ने कुरा थाहा नभएकको र रिन लियर आफ्नो नजिकैको नाता पर्ने रोल्पाली व्याक्तिलाई रु १,२०,००० रकम तिरेर मलेशिया पुगेको बताए । पैशा कमाउने सपना बोकेर मलेशिया पुगेका प्यारेलाल यतिबेला उल्टो रिनमा त छननै आफ्नो स्वास्थ्य अवस्था समेत नाजुक अवस्थामा पुगेको उनले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here