क्षेत्र नं ७ का बासिन्दाहरुलाई सांसद मानन्धरको अनुरोध “कसैको भ्रममा नपरिदिनुहोला”

तपाइले पछिल्लो समयमा नेपाली राजनीतिमा हलचल ल्याउनुभयो, अनि चर्चामा पनि आउनुभयो, यसको वारेमा केहि वताइदिनुहोस् न ?
यो दशैं अगाडि निकै चर्चाको विषय नभएको पनि होइन तर यसको अव पार्टीले च्यापटर क्लोज गरिसक्यो, देशको राजनीतिक परिवेश उतारचढाव छ । यो अवस्थामा चर्चापरिचर्चा सामान्य कुरा नै हो ।
पार्टीले निर्णय गर्याे भने राजिनामा दिन तयार छु भन्नुभयो यसमा यो पुनः दोहोरिन्छ या यत्तिकैमा च्याप्टर क्लोज हुन्छ ?
पार्टीले निर्णय गरेको खण्डमा आदेश मान्नुपर्दछ । यसमा पार्टीले जे निर्णय गर्छ, त्यहि स्वीकार गनुपर्दछ भन्ने मेरो मान्यता हो ।
तपाई अहिले काठमाडौं क्षेत्र नं. ७ को जनप्रतिनिधि हो र पार्टी एउटा माध्यम हो, तर राजिनामा प्रकरणले गर्दा क्षेत्र नं.७ का जनताप्रति तपाईको उत्तरदायित्व भएन भन्ने आरोप छ नि ?
देशको विकास कसरी गर्न सकिन्छ र देशलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्ने चिन्तनका साथ जनताको माझमा गएर नै आज हामीले दुई तिहाई बहुमतको सरकार वनाउन सफल भएका हौ ।

जनताले दिएका मतको सदुपयोग र दुरुपयोग त्यतिखेर हुन्छ जतिखेर जनताले हाम्रो कामको मुल्याकन गरिराखेका हुन्छन् हामिले राम्रो काम गयौ भने मतको सहि सदुपयोग भयो यदि नराम्रो काम गयौ भने मतको दुुुुरुपयोग हुन्छ त्यसैले तपाईले भन्नुभएको कुरामा मेरो विमती होइन तर पार्टी हाम्रो घर हो, यो हाम्रो बृहत ठुलो परिवार हो, यसलाई हामिले मिलाएर लैजान सकिएन भने भोलीका दिनहरुमा ठुलो झगडा हुनसक्छ ।

पार्टीमा म मात्र सर्वेसर्वा होईन पार्टीको निर्णयलाई मैले स्वीकार गर्नैपर्दछ ।

तपाईले विकास र समृद्धिका कुराहरु जोडनुभयो, दुई तिहाईका कुरा गर्नुभयो, समृद्धि र विकासको कुरा गर्दा क्षेत्र नं.७ मा बामदेव आएमा मात्र विकास हुने भन्दा के यहाँको विकासको लागि रामवीर मानन्धर अयोग्य नै भएको हो ?
मैले किन मत पाउँथे यदि म अयोग्य भएको भए ? यसमा नेपाली जनता खासगरी क्षेत्र नं ७ का जनताले पार्टीलाई मतदान गरेका हुन्, हाम्रो घोषणा पत्र हेर्नुहोस् न, कुरा भक्तिका नभई पार्टीको हो, अहिले हामी संघियतामा छौं । नेपालमा तीन तहको सरकार छ र पार्टीमा हाम्रा अमुक व्यक्तिहरुले जितेर आएका पनि छन् ।

६ वटा प्रदेशमा त हाम्रो सरकार छ, त्यसैले देश विकासको लागि हर तरिकाबाट टेवा पुर्याउनु पर्दछ र यो क्षेत्रमा बामदेव जी आउनुहुन्छ भने स्वागतयोग्य कुरा नै हुन्छ र विकास पनि हुन्छ किनकी उहाँ भनेको राष्ट्रियस्तरको नेता हो र वृहत ठुला ठुला योजनाहरु यस क्षेत्रको विकासको लागि पर्नसक्ने ठुलो सम्भावना हुन्छ यदि उहाँ यस क्षेत्रमा आउने हो भने हामीले विदेशी भुमीमा रहने खास खास व्यक्तिहरुको नाम लिने हो भने उनीहरुलाई पनि त्यहाँका जनताहरुले जीवनभर सम्झिराख्ने खालको स्मरणीय कामहरु गरेका उदाहरणहरु छन् जसले देश विकास गरे र हरपल जीवन देश र जनताकै लागि खर्चिए ।

पार्टीमा नेतृत्व लिने व्यक्तिहरुको भुमीका महत्वपुर्ण हुन्छ, र हामीले ७० वर्षपछि नयाँ नेपालको निर्माण गरेका छौं ।” हामीले जितेका विभिन्न क्षेत्रहरुमा समृद्धी र विकास गर्नैपर्दछ ।

हामीले पार्टी एकताको लागि जोड गर्दैछौं । प्रदेशका नेताहरुले अमिलो मन गरेपनि देश विकासको खाकामा अगाडि बढ्यो कि बढेन भन्ने नै हो । अर्को कुरा कर्मचारी समायोजनमा केहि असहजता भएतापनि यसको समाधान अवश्य हुन्छ र भ्रष्टाचार व्यापक छ तैपनि हामीले यसलाई निर्मुल पार्नको लागि पहल गर्दैछौं ।

हेर्नुस्, हामीले अभैmपनि विकासमा फड्को मार्ने काम गरेनौ भने हामी फँस्छौं । प्रधानमन्त्री विरामी हुनुहुँदा हेर्नुहोस् न स्ट्याटस कस्ता कस्ता आउँछन् ! त्यसैले पार्टी भित्रका विकृतिहरुलाई पनि निमिट्यान्न पार्नुपर्दछ । ”

तपाई निर्वाचित भएर आएको पनि एक वर्ष पुग्न लागिसक्यो, यस अवधिमा तपाइले गरेका उपलब्धिमुलक कामहरु बताइदिनुहोस् न ?
हामीले सरकार बनायौं, प्रधानमन्त्री भए, बजेट निकासी भयो, विभिन्न मौलिक हकका कानुनहरु वनाइयो, विभिन्न समिति तथा उप समितिहरु गठन गरियो, भारत र चीनलाई ठेगानमा ल्याइयो ।”
क्षे नं ७ मा तपाईले गरेका उपलब्धीमूलक कामको बारेमा बताइृदिनोस् न ?
मेरो क्षेत्रको कुरा गर्दा विभिन्न पुरानो कामको निरन्तरता नै छ ।
अन्तमा क्षेत्र नं.७ का जनताहरुलाई के भन्न चाहानुहुन्छ ?
मेरो अनुरोध ! म तपाईहरुको नजिक छु, कसैको भ्रममा नपरिदिनुहोला, विकास निर्माणको क्रममा जोडिएका हामी शिवपुरी जस्तो धार्मिक ठाउँको नजिक छौं । हामीसँग प्राकृतिक सम्पदाका सम्भावनाहरु छन्,भ्यूटावरदेखि लिएर गुहेश्वरी मन्दिर जस्ता अनगिन्ती मठ मन्दिरहरु पवित्र धार्मिकस्थलको रुपमा छन् र यसको विकास गर्नको लागि वजेट चाहिन्छ र धार्मिक, पर्यटकीय विकासमा महत्व दिनको लागि केन्द्रबाट वजेट निकासी गर्ने कुरामा पहल कदम चाल्छु जसले गर्दा यस क्षेत्रको विकासको लागि टेवा पुगोस् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here