तारकेश्वरको मुख्य नाका नेपालटारमा कालोपत्रे

406
तस्वीर : बलराम सिटौला

नन्द बहादुर ऐडी/ तारकेश्वर नगरपालिका वडा नं ११ को नेपालटारको मुल सडकमा कालोपत्रे सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको नाकाको रुपमा रहेको सो सडक खण्डको आज राती कालो पत्रे सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७४\०७५ को नगरस्तरीय वजेट अन्र्तगत सो सडक कालोपत्रे भएको वडा अध्यक्ष विन्दा बुढाथोकीले बताईन् । तारकेश्वर नगरपालिकाको मुल सडक अन्र्तगत रहेको सो खण्डको ३५० मिटर लम्वाईमा कालोपत्रे भएको नगरपालिकाका ईन्जिनियर शशी गुरुङले बताए ।

तस्वीर : बलराम सिटौला

सो सडकलाई २ करोडको नगरस्तरीय वजेट विनियोजन भएको र टेण्डर सम्झौता गर्दा भ्याट सहित १ करोड २० लाख ९० हजारमा सम्झौता भई कार्य सम्पन्न भएको निमार्ण सहजीकरण उपभोक्ता समितिका संयोजक प्रदिप (चीज कुमार) थापाले बताए । आ.व ०७४÷०७५ को वजेट हाल कार्यक्रम कार्यन्वयनमा किन ढिला भएको हो ? भन्ने तारकेश्वर आवाजको प्रश्नको जवाफ दिदै वडाध्यक्ष बुढाथोकीले यो वर्षायाममा अविरल वर्षा भएको र वर्षाको समयमा पीच गर्दा टिकाउ एवं दीर्घकालीन नहुने भएकाले २/४ महिला सो काम गर्न ढिला भएको हो भन्ने बताई ।

देशमा धेरै राजनीति व्यवस्थाहरु फेरिए पनि नेपानलटारको विकासको अवस्था फेरिएको थिएन तर यो सडक कालोपत्र हुदै गर्दा नेपालटारको तीव्र विकास हुदैछ भन्ने आभाष दिलाएको कुरा स्थानीय माताप्रताप थापाले बताए ।

सो सडक कालोपत्रेमा तारकेश्वर–११ का वडा अध्यक्ष विन्दा बुढाथोकी, तारकेश्वर–१९ का वडाध्यक्ष बलराम सिटौला, राप्रपा प्रदेश नं ३ का सहसचिव राजकाुर खड्का, तारकेश्वर–११ का वडा सदस्यद्धोय निता खढ्का, प्रजवल विक्रम थापा, नेपाली कांग्रेस तारकेश्वरका सभापति श्रीराम थापा, नेपाली कांग्रेस तारकेश्वर–११ का वडा ईकाई सभापति कविराज वस्नेत, स्थानीय माताप्रताव थापा, बाबुकृष्ण के.सी., मनोहर थापा, सुरेश बोहोरा, नारायण सापकोटा, चन्द्र शेखर घिमिरे, स्थानीय नारायण प्रसाद शर्मा, स्थानीय दिपेश थापा, नगरपालिकाका ईन्जिनियर शशी गुरुङ, निमार्ण सहजीकरण उपभोक्ता समितिका संयोजक प्रदिप (चीज कुमार) थापा लगायतका व्यक्तिहरुले राती १२ बजे सम्म कालोपत्रेको काम प्रत्यक्ष निगरानी तथा अनुगमन गरिरहेका थिए ।

२६ मिटरको मापदण्डमा ५० एमएमको सो कालोपत्र सडकलाई दीर्घकालीन, टिकाउ एवं बलियो बनाउँनको लागि तारकेश्वर–११ का स्थानीय अग्रजहरु कटिवद्ध तरिकाले लागि परेको वडा सदस्य प्रजवल विक्रम थापाले बताए ।