तारकेश्वरको बसन्तकोलीनमा सामुदायिक भवनको शिलान्यास

97

तारकेश्वरको बसन्तकोलीनमा सामूदायिक भवनको शिलान्यास भएको छ । सो स्थानमा सामूदायिक भवनका साथै भगवान शिवको मन्दिर र वौद्ध स्तूपा समेत निर्माण गरिने भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं २ अन्र्तगत रहेको सो टोल सुधार समितिले ४ आनाको जग्गामा सो पूर्वाधार निर्माण गर्न लागेको हो । ४ आनाको सो जग्गा एकजना दानवीरले टोल सुधार समितिलाई दानको गरेको स्थानीय रामहरी थापाले बताए ।
सो सामुदायिक भवन, शिवको मन्दिर र वौद्ध स्तूपा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर वोहाराले शिलान्यास गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बोहोराले विकासको लागि समुदायको अपनत्व हुन आवश्यक रहेका र तारकेश्वर २ को बसन्तकोलनीको टोल सुधार समतिले उदाहरणीय काम गरेको बताए । सो कार्यक्रममा तारकेश्वर–२ का वडा अध्यक्ष रविन्द्र के.सी, वडा सदस्य रविना सापकोटा, तारकेश्वर नगरकार्यपालिकाका सदस्य गेल्जे शेर्पा लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।