तारकेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारण सभा

82

तारकेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न भएको छ । आज एक औपचारी कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न भएको हो ।

हाल सम्म ८ करोड १० लाख ५२ हजार शेयर पूजी रहेको र आगामी वर्षमा सो शेयरपूजीलाई वृद्धि गरि २ करोड पु¥याउँने लक्ष्य उलएको संस्थाको वार्षिक प्रतिवेदनमा अल्लेख गरिएको छ । यस्तै गरि हाल सस्थमा २ करोड ५३ लाख ५३ हजार ७ सय ८८ बचत संकलना रहेको र संस्थाले ३ करोड १५ लाख ८ हजार ६ सय ५ रुपैया कर्जामा लगानी गरेको छ ।

संस्थाका अध्यक्ष हिमाल शर्माले आफनो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा हामीले राजनीतक परिवर्तको लागि धेरै समय लगानी गरेको र अवका दिनमा आर्थिक सम्वृद्धि गर्न आवश्यक रहेको बताए । उनले थप्दै भने, नेपालमा सहकारी अधियान सुरु भएको ६ दशक नाघिसकेको छ, सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मा साथ गर्दै समाजमा न्यून आय भएका सर्वसाधरण माझ छरिएर रहेको पूजीलाई पारस्पारिकताको आधारमा संगठित बनाई आर्थिक समाजिक तथा सास्कृतिक उन्नयन गर्दै व्यक्तिलाई आत्मा निर्भर बनाउने मुल ध्येयका साथ हामीले यो सहकारी संस्था स्थापना गरेको हो भन्ने शर्माले बताए ।


यस्तै गरि कार्यक्रममा स्वागत मन्तव्य दिदै संस्थाका उपाध्यक्ष ताम्वोलाल तामाङले संस्थाले स्थापना कालदेखि नै आर्कषण व्याजदर प्रदान गरि सोही श्रोतलाई लगानीमूलक क्षेत्रमा परिचालन गरेर आर्थिक कारोवारको विस्तारलाई प्रात्साहित गर्दै संस्थाले ३० वटा भन्दा बढि रेमिट्यान्सहरु मार्फत चौतर्फी सेवा दिईरहेको बताए ।

यस्तै गयिर संस्थाका व्यवस्थापम विनोद पौड्यालले आफनो प्रतिवेदन प्रस्तुत गर्दै च्याँउझै उम्रिरहेका सहकारीहरुको बीचमा तारकेश्वरी बहुउद्देश्यीयले फरक खालको पहिचान बनाउँदै लगेको बताए ।

संस्थाका सचिव एवं तारकेश्वर १० का वडा अधयक्ष अमृत थापाले समुदायमा छरिएर रहेको पूजीलाई उकिकृत गर्दै स्वरोजगारका अवसरहरुको सिर्जना गरि सम्मुनत समाजको निर्माणमा टेवा पु¥याउँने ध्येयका साथ तारकेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको बताए ।