हवाईजहाज निर्माता ई. प्रमोद रेग्मीलाई तारकेश्वरबासीले गरे सम्मान

546

नन्द बहादुर ऐडी/ अमेरिकामा हवाई जहाज निर्माण गरि हवाई विभाग अमेरिकाबाट उडान अनुमती लिन सफल ईन्जिनियर प्रमोद रेग्मीलाई तारकेश्वर बासीले सम्मान गरेका छन् ।

आज एक औपचारीक कार्यक्रमकाबीच तारकेश्वर नगरपालिका– ११ को वडा कार्यालयको प्राङ्गणमा सो कार्यक्रम भएको हो । तारकेश्वर नगरपालिका संयूक्त वडा कार्यालय मनमैंजु (वडा नं ८, ९, १० र ११) दारा संयूक्त रुपमा आयोजित सो सम्मान कार्यक्रम वडा नं ११ का वडा अध्यक्ष विन्दा बुढाथोकी सभापतित्व र तारकेश्वरका मेयर रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो सम्मान कार्यक्रममा आफनो भनाई राख्दै हवाई जहाज निर्माता ईन्जिनियर प्रमोद रेग्मीले नेपाली समाजको यो माया र स्नेहले अमेरिकाको ग्रिनकार्ड छोडेर आँउ जस्तो लाग्ने भावना व्यक्त गरे । अमेरिकामा हवाई जहाज निर्र्माण गरि उडान गर्नु सामान्य कुरा हो, अमेरिकामा वरिपरिको छिमेकीले पनि मलाई चिनेका थिएनन् तर मातृभूमि नेपालमा फरक खालको माया, स्नेह, सद्भाव र उर्जा पाएको रेग्मीले बताए ।


सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वरको नगर प्रमुख रामेश्वर बोहोराले तारकेश्वरको सपुतले विदेशी भुमीमा गएर अन्र्तराष्ट्रिय स्तरको स्वदेशी छवि बढाएका छन् भन्ने बताए। यो गौरब सर्वप्रथम तारकेश्वरबासीको गौरव हो, प्रमोद रेग्मी तारकेश्वरको मात्र नभई समग्र राष्ट्रकै गहना हुन भने मेयर बोहोराले ।

तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले हामीलहरुले नव वैज्ञानिक पाएका छौ, आजको विज्ञानको युगमा ज्ञान विज्ञानको कुरालाई विशेष जोड् दिनुपर्छ भन्ने मान्यतालाई वैज्ञानिक प्रमोद रेग्मीले सावित गरेका छन् भन्ने बताईन ।

महानगरीय प्रहरी वृत बालाजु अन्र्तगतको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय मुल समितिका अधयक्ष देविना कार्की रानाले तारकेश्वरको सपुतले नेपालकै ईज्जत राख्ने महत्वपूर्ण काम गरेकाले प्रमोद रेग्मीलाई धन्यवाद दिईन ।

कलाकार तथा तारकेश्वरका स्थानीयबासी उत्तम के.सीले विदेशमा रहेर देशको ईज्जत राख्ने व्यक्रिको रुपमा स्थापित तारकेश्वरका सपुत हुन् प्रमोद रेग्मी भन्ने बताए । महानगरिय प्रहरी वृत्तका कप्रहरी नायव उपरीक्षक चिरिञ्जवी कोईरालाले २१ औं शताव्दीमा आधुनिक प्रविधीको प्रयोगलाई आत्मा साथ गर्दै गरे जे पनि सम्भव छ भन्ने कुरालाई प्रमाणित प्रमोद रेग्मीले गरेका छन् भन्ने बताए ।

तारकेश्वर नगरपालिका वडा नं १० का वडा अधयक्ष अमृत थापाले स्वागत मन्तव्य दिदै वैज्ञानिक प्रमोद रेग्मीले राष्ट्रको लागि अतुलनीय योगदान गरेको र यो योगदानलाई राष्ट्रिय स्तरबाट नै उच्चतम कर गरिनुका साथै उहाँको सीप र अनुभवलाई देशमा नै उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए ।

तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेले साना बच्चाहरुलाई के बन्छौ भनी सोध्दा कसैले डाक्टर, कसैले ईन्जिनियर त कसैले पाईलट बन्छु भन्ने जवाफ आउँछ, वैज्ञानिक प्रमोद रेग्मी पेशाले ईन्जिनियर भए पनि पाईलटका साथ हवाई जहाज निर्माण गर्ने वैज्ञानिकका रुपमा स्थापित भएका छन् र अव कुनै विषयमा विद्यावारीधी हासिल गरि डाक्टर समेत बन्न वडा अध्यक्ष घिमिरेले सुझाव दिए ।  वैज्ञानिक प्रमोद र आफू तरुण माविमा अध्ययन गरेको क्लासमेट भएको र नेपालको सामान्य सामूदायिक विद्यालयमा अध्ययन गरेको व्यक्तिले पनि धेरै ठुलो काम गर्छ भन्ने उदाहरण हुन् प्रमोद रेग्मी भन्ने कुरा वडाध्यक्ष घिमिरेले बताए ।

नव वैज्ञानिक प्रमोद रेग्मी वि.स. २०३१ साल कार्तिक २२ गते पिता केशव रेग्मी र माता अम्विका रेग्मीको कोखबाट साविक मनमैजु गाउँ विकास समिति र हाल तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारहाईटको चारघरेमा जन्मिएका हुन् ।

उनले प्रवेशिका तह अर्थात एस.एल.सी तरुण माध्यमिक विद्यालय बालाजु काठमाडमौंबाट वि.स. २०४६ सालमा उतिर्ण गरेका हुन् । उनी वि.स. २०५४ सालमा अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिका प्रस्थान गर्नु कुनै पनि नेपालीहरुको लागि गर्वको विषय रहन पुग्छ, किनभने अमेरिका विश्वको शक्तिशाली राष्ट्रको रुपमा रहेको र अमेरिका पुगेपछि आयश्रोत बढाउँन सकिन्छ भन्ने आम नेपाली जनमानसको धारणा समेत रहेको छ । तर अमेरिका प्रस्थान गरेका लाखौ नेपालीहरु के–कसरी जिविकोपार्जन गरिरहेका छन्, आफनो जीवनस्तर कुन तरिकाले चलाईरहेका छन्, यो खोज अनुसन्धान तथा बहसको विषय बन्ला तर प्रमोद रेग्मी ती नेपाली सपुत हुन् जसले फरक सोचका साथ आफनो विदेशी भूमिमा काम गर्दैै आफनो देशको नामलाई विश्वव्यापीकरण गर्न सफल भएका छन् ।

उनी पेशाले ईलेक्टिकल ईन्जिनियर हुन् तर उनले हवाई जहाज आफैले बनाए र हवाई विभाग अमेरिकाबाट उडान अनुमति पनि लिन सफल भए । उनको यो सफलता समग्र नेपालीहरुको सफलता हो । आगामी दिनमा राज्यले यस्ता सपुतहरुको कार्यलाई उच्चतम प्राथमिकतामा राखी आवश्यक सहयोग अर्थाथ प्लेटफर्म प्रदान गरोस् भन्ने समग्र राष्ट्रबासीहरुको चाहानाको रुपमा रहेको छ ।