तारकेश्वरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्झौता

483

नन्द बहादुर ऐडी/ तारकेश्वर नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्झौता भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच महानगरीय प्हरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामा र तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा बीच कायक्रममको अवधारणा पत्रमा हस्तारषर गरि सम्झौता भएको हो । तारकेश्वर नगरपालिका र महानगरीय प्हरी वृत बालाजुको् संयूक्त आयोजनामा सञ्चालित सो कार्यक्रम आज सम्झौता भएको हो ।


“हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” शान्तिपूर्ण सुरक्षित समाज निर्माणका लागि, समुदाय प्रहरी साझेदारी कार्यक्रम भन्ने मुल नाराका साथ सो कार्यक्रम भव्य रुपले शुभारम्भ भएको छ ।

समुदामा अपराध रोकथाम, सामाजिक विकृति, विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गराउने र समग्रमा सामूदायिक सुरक्षालाई अभिवृद्धि गराउँन नेपाल प्रहरी र स्थानीय सरकारबीचको साझेदारी कार्यक्रमको रुपमा नेपाल सरकार, गृह मन्त्रालयबाट नै सो कार्यक्रम लागू भएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले तारकेश्वर क्षेत्रको सुरक्षा व्यवस्थापनमा विशेष सहयोग पुग्ने र त्यसको लागि नगरपालिकाको कार्यालय हरपल अगाडी बढ्ने कुरा तारकेश्वर नगरपालिकाका नगर प्रप्मुख रामेश्वर बोहोराले बताए ।

सुरक्षा विकासको पूर्व शर्त हो र विकास सुरक्षित समाजको आधारको रुपमा रहेकोले तारकेश्वर क्षेत्रका टोलटोलमा अर्थात एक घर एक प्रहरीको रुपमा अगाडी बढाउदै सुरक्षित, सक्षम र सभ्य समाज निर्माणको लागि समुदायको नै अहम भूमिका रहने महानगरीय प्रहरी वृत बालाजुका प्रमुख एवं प्हरी नायव उपरीक्षक चिरिञ्जवी कोईरालाले बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कार्यन्वयन गर्नका लागि जिल्ला स्तरीय, पालिका स्तरीय, वडा स्तरीय टोलट स्तरीय र विद्यालय स्तरीय समितिहरु निर्माण हुने छन् । जसमा जिल्ला स्तरीय समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक, पालिका स्तरीयमा पालिकाको प्रमुख संयोजक, वडा स्तरीय समितिमा वडा अध्यक्ष संयोजक, टोल स्तरीय समितिमा वडा सदस्य संयोजक र प्रहरी विद्यालय सम्पर्क समितिमा प्राधानाध्यापक संयोजक रहने व्यवस्था रहेको छ ।

ती विभिन्न समितिहरुमा विभिन्न सरकारी तथा गैहसरकारी संस्थाका प्मुख एवं प्रतिनिधी, सञ्चारकमी, स्थानीय क्लब, महिला सञ्जाल, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र नागरिक समाज लगायतका विभिन्न सारोकारवाला निकायहरु सो समतिमा रहने व्यवस्था रहेको छ । यो कार्यक्रमको मुल उद्देश्य समाजमा अपराध रोकथाम तथा नियन्त्रण गरि शान्ति सुरक्षा कायम गराउँनु रहेको छ ।