रेष्टुरेन्ट र दोहोरी व्यवस्यालाई मर्यादित बनाउँन फर्मल पोशाकको व्यवस्थापन गरिने ।

162

विमलराज डाँगी/ डान्सबार, रेष्टुरेन्ट, दोहोरी, क्याविन होटेल ब्यबसायलाई व्याबस्थित तथा मर्यादित बनाउँन विभिन्न सरोकारवाला निकायसँग छलफल भएको छ । आज एक औपचारिक वैठकका साथ सो छलफल सम्पन्न भएको हो ।

विश्वास नेपालको आयोजनामा गंगवुको क्वालिटी क्याफेमा सञ्चालित सो छलफल कार्यक्रमले गंगवु नयाँ बसपार्क क्षेत्रमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट, दोहोरी, क्याविन होटेल ब्यबसायलाई व्याबस्थित तथा मर्यादित बनाउँन सो व्यवसायमा संलक्ष्न कर्मचारीहरुको फर्मल पोशाकको व्यवस्थापनलाई विशेष जोड दिएका छन् ।

 महानगरीय प्रहरी वृत्त महाराजगंजका कार्यलय प्रमुख एवं प्रहरी नायव उपरीक्षक फरिन्द्र प्रसाईले रेष्टुरेन्ट, दोहोरी डान्सबार तथा क्याविनहरुले ग्राहकलाई अनियन्त्रित तवर रक्सी ख्वाएर मात्र हुदैन् उनीहरुको सुरक्षाको ग्यारेन्टी पनि लिन सक्नुपर्छ भन्ने बताए । उनले भने रेष्टुरेन्ट, दोहोरी र डान्सबारबाट रक्सी खाएर कुनै व्यक्ति बाहिर निसक्दा अनियन्त्रित अवस्थामा हुन्छ, बाटोमा हल्लिएर हिड्दा कतै ठोकिएर वा लडेर अप्रिय घटना हुन सक्छ, यसैले रातीको समयमा रक्सी खाएर हो हल्ला गर्दै कुनै व्यक्ति हलिल्एर हिडेको देखेमा कुन रेष्टुरेन्टमा खाएको हो उनलाई सोधी व्यवसाय सञ्चालकलाई कारवाही गरिने प्रहरी नायव उपरिक्षक प्रसाईले बताए ।

प्रनाउ प्रसाईले स्थानिय सरकार, विश्वास नेपाल, लगायत यौन शोषण, श्रमशोषण तथा र्दुव्यवहार , यौन उत्पिडन नियन्त्रण कार्यमा काम गर्ने बिभिन्न संघ/सस्थाहरुले प्रहरीसँग सहकार्य गरेर काम गर्न आग्रह समेत गरे । आउदा दिन हरुमा सबैले सहकार्य गरेर पहिलो चरणमा बजार क्षेत्र एबं सबैलाइ पायक पर्ने ठाउमा सचेतनात्मक कार्यक्रम गर्ने सगै रेस्टुरेन्ट , डान्सबार, दोहोरि, क्याविन, होटेलहरुमा अनुगमन गर्ने र त्यस्तो कुनै अनैतिक कार्य गरेको पाइएमा कार्बाहीको काम अगाडि बढाइने प्रहरी नायव उपरीक्षक प्रसाईले बताए ।

छलफल कार्यक्रममा बोल्दै महानगरीय प्रहरी प्रभाग नयाँ वसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहन विक्रम के.सी.ले डान्सबार, रेष्टुरेन्ट, दोहोरी, क्याविन होटेल ब्यबसाय व्यबस्थित तथा मर्यादितका साथै लुटपाट, यौन शोषण तथा र्दुव्यवहारका कार्यहरु न्युनिकरण गर्न कठिन पर्ने र प्रहरीलाई बिभिन्न संघ÷सस्था स्थानीय जनसमुदायले साथ दिन आवश्यक रहेको बताए ।

नेपाल रेष्टुरेण्ट व्यवसायीका अध्यक्ष विजय नगरकोटीले हाम्रो नेपाली समाजको हेर्ने नकरात्मक दृष्ट्रिकोणले गर्दा डान्सबार, रेष्टुरेन्ट, दोहोरी, क्याविन होटेल ब्यबसाय काम गर्ने महिलाहरुले आफनो वास्तविक परिचय नखुुलाउँने बताए । उनले भने नयाँ वसपार्क क्षेत्रका केहि एकाध डान्सबार, रेष्टुरेन्ट, दोहोरी, क्याविन होटेलले गर्दा समग्र व्यवसायीहरुलाई नकरात्मक दृष्ट्रिकेणले हेर्ने नजर बसेको र अवका दिनमा पति तीनीहरु सुध्रेनन भने आवश्यक कानूनी दायरामा ल्याउँनको लागि आफूले सहयोग गर्ने बताए ।

साथै कार्यक्रममा प्रहरी सेवा केन्द्र बालाजुका प्रहरी नायब निरिक्षक डोलराज अर्याल ,महानगरीय प्रहरी प्रभाग नया बसपार्कका प्रहरी निरिक्षक मोहन बिक्रम के सी, नेपाल रेस्टुरेन्ट व्यावसायी संघ केन्द्रीय अध्यक्ष विजय नगरकोटी, तारकेश्वर आवाजका सम्पादक एवं लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय मुल समति महानगरीय प्रहरी वृत्त बालाजुका सचिव नन्द बहादुर ऐडी लगायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

काठमाडौंको गंगबु तथा नयाँ बसपार्क क्षेत्रमा लुटपाट ,यौन शोषण तथा र्दुव्यवहार गर्ने यौन कार्यमा लाग्ने तथा लगाउने काम र अपराधिक घटना बढ्दै गईरहेको हुदा त्यस्ता कार्यलाई न्युनीकरण गर्नको लागि विश्वास नेपालको विशेष पहलमा सो छलफल कार्यक्रम सम्पन्न भएको हो ।

विस सं २०६५ मा स्थापित बिश्वास नेपालले काठमाडौं कार्यक्षेत्र बनाउँदै बिशेष गरि डान्सबार, रेष्टुरेन्ट, दोहोरी, क्याविन होटेल क्षेत्रमा कार्यरत श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्ने पेशालाई मर्यादित र सम्मानित बनाउन पहल गर्नुका साथै श्रमिक महिलाहरुको आर्थिक तथा सामाजिक स्तरवृदि गर्ने काम गर्दै आएको छ ।