रामबीरको राजिनामा अनाआवश्यक हल्ला हो : नेता शर्मा

104

काठमाडौं क्षेत्र नं ७ का सांसद रामीवर मानन्धरको स्थानमा वामदेव गौतमलाई ल्याउँने भन्ने कुरा अनाआवश्यक हल्ला भएको नेकपाका केन्द्रिय सदस्य हिमाल शर्माले बताए । नेकपा तारकेश्वर कटिीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता शर्माले सो कुरा बताए ।
हिजो आज सामाजिक सञ्जालमा काठमाडौं क्षेत्र नं ७ का सांसद रामवीर मानन्धर, नकपाका अग्रज नेता वामदेव गौतम र सिङगो नेकपालाई जोडेर अनाआवश्यक हल्ला हुर्दै आएको छ र यो अनाआवश्यक हल्लाको भ्रममा नपर्न कार्यकर्ताहरुलाई सुझाव समेत दिए ।


नेता शर्माले देशमा समग्र सकारात्मक विकासका लागि नेकपा तीव्र रुपले अगाडी बढिरहेको बताए । विविध समस्याहरुको बीचमा पनि नेकपाले देशको विकासको लागि अवरोध चिरेर अगाडी बढ्ने कुरा नेता शर्माले बताए । उनले भने, देशको विकासको लागि हामी सबैले आ–आफनो स्थानबाट आवश्यक सहकार्य, सहयोग एवं सद्भावका साथ अगाडी बढ्न जरुरी छ ।