समाज सेवा युवा क्लबको एक दिवशीय मैत्रीपूर्ण फुटबल

757

समाज सेवा युवा क्लबको एक दिवशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ अन्र्तगत रहेको टुसाल चौरमा सञ्चालित सो प्रतियोगितामा ४ टिमका ५२ जना खेलाडीहरु सहभागी भएका हुन् ।
आयोजक संस्था समाज सेवा युवा क्लबले निरन्तर रुपमा विगत ७ वर्षयता विजया दशमीको अवसमा सो प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाका सचिव केदार खत्रीले बताए ।