तारकेश्वरको ११ नं वडा सर्यो आफ्नै भवनमा

तारकेश्वर नगरपालिका वडा नं ११ को वडा कार्यालयको भवन विधिवत रुपमा उत्घाटन भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच सो उत्घाटन कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो । सो वडा कार्यालय तारकेश्वर–८ को कार्यलय अर्थात साविक मनमैजु गाविसको कार्यालयमा रहेको थियो । साविक मनमैजु गाउँ विकास समिति अन्र्तगत र हाल तारकेश्वर नगरपालिका वडा नं ८ को कार्यालयमा संयूक्त वडा कार्यालयमा (८ , ९, १० र ११) मा रहेको सो कार्यलय विन्दाावासीनी मन्दिर स्थित आफनै चवनमा सरेको हो ।


सो वडा कार्यलय उत्घाट्न कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका मेयर रामेश्वर बोहोराले यो डेढ वर्षको अवधीमा नगरपालिका विविध समस्याका कारणले विकासको गतिमा बढ्न नसकेको बताए । उनले भने हामीसँग कर्मचारकिो अभाव, कार्यलय राख्ने स्थान लगायत विविध समस्याले गर्दा नगरपालिकाको विकासको गति बढ्न नसकेको हो ।
कार्यक्रममा तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेले तारकेश्वर–११ को वडा कार्यालय नजिकै सरेको छ, वडाबासीहरुले आफनो घरदैलोबाट नै सेवा सुविधा पाउँने कुराको अपेक्षा गरे ।


कार्यक्रममा बोल्दै तारकेश्वर–११ का वडा अध्यक्ष विन्दा बुढाथोकीले ढेड वर्षको अवधीमा हामीले आफ्नै स्थानमा कार्यलयको व्यवस्थापन गरेका छौ भन्ने बताए । उनले भने हामीले धेरै काम गर्न बाकी छ, यसको लागि वडाका समग्र क्षेत्रमा आवद्ध व्यक्तिहरुको साथ र सहयोगको समेत अपेक्षा गरे ।
यस्तै गरि शिक्षा सेवी चित्रवरध्वज थापाले पूर्वाधार विकास मात्र विकास होईन विकास भनेको नगरपालिकाको समग्र विकास हो भन्ने बताए । तारकेश्वर–११ का वडा सदस्य प्रजवल विक्रम थापाले वडा कार्यालय जनताको घरदैलोमा नै सरेको छ, हामीले वडाबासीहरुलाई सहजरुपले सेवा सुविधा प्रदान गराउन्नु मुख्य प्राथमिकताको रुपमा राखेका छौ भन्ने बताए । कार्यक्रममा तारकेश्वर–११ का वडा सदस्य सम्झना परियाले स्वागत मन्तव्य राखेकी हुन् । सो वडा कार्यलय उद्घाडन कार्यक्रम वडा सदस्य निता खड्काले सञ्चालन गरेकी हुन् ।


तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराको प्रमुख आतिथ्यता र वडा नं ११ का वडा अध्यक्ष विन्दा बुढाथोकीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल, प्रमुख प्रशासकी अधिकृत हिरामणी सुवेदी, तारकेश्वर–१० का वडा अध्यक्ष अमृत थापा, शिक्षासेवी चित्रवरध्वज थापा, ढकलध्वज थापा, धनलाल मर्हजन, ग्रामीण बुहमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापा, समाजसेवी प्रथम विक्रम थापा, कलाकार उत्तम के.सी, धुर्वराज खढ्का, धुर्व थापा, लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here