नुवाकोट–तारकेश्वर मैत्री समाजको शुभकामना आदनप्रदान कार्यक्रम

1232

नुवाकोट–तारकेश्वर मैत्री समाजले बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । हिन्दु परम्परा अनुसार व्राह्मणहरुद्धारा स्वस्ती वाचन सहित सुभारम्भ गरिएको कार्यक्रमको बैकटेश्वर मन्दीर गौशालाका पिठाधिश्वर श्री,श्री,श्री १००८ स्वामी मध्यम धराचार्य र बौद्ध धर्मगुरु एवं लुम्वीनी कलेज अफ बुद्धिष्ट फाउण्डेसनका प्राध्यापक डा. खेम्पो श्री सोनम युर्मे तामाङले कार्यक्रम उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले दुई तिहाईको कम्युनिष्ट सरकारले जनभाबना अनुरुप सरकार सञ्चालन गर्न असफल भएको बताए । धार्मीक गतिबिधिहरु तोडनका निम्ती नभई जोडनका निम्ती हुनुपर्ने बताँउदै केसीले हत्या, हिंसा र बलत्कार जस्ता अपराध रोक्नका लागि धार्मीक जागरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले सरकार सञ्चालनमा केहि अवरोधहरु देखापरेपनि सुखी नेपाल समृद्ध नेपालीको अभियान मार्फत मुलुक समृद्धितर्फ लम्कन कसैले रोक्न नसक्ने बताए । खतिवडाले भने दुई तिहाई हाम्रो सरकारले अपेक्षा नगरेका केहि घटनाहरु भएका छन् त्यसलाई चिदैं हामी अगाडी बढने छौं ।
कार्यक्रममा पुर्वसंसद तथा नेकपाका नेता राजेन्द्रप्रकाश लोहनीले राजनीतिज्ञहरु लाखौं कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने शिक्षक जस्तै रहेको बताँउदै राजनीतिकर्मीहरुले समाजलाई सहि दिशातर्फ लैजानको लागि प्रशिक्षित गर्नुपर्ने बताए । लोहनीले भने हामीहरु भन्दा सिनियर नेताहरुबाट प्रशिक्षित भएर हाम्रा पुस्तालाई सिकाएर नयाँ पुस्ताहरुलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छौं, अव हाम्रा अग्रज नेताहरुले पनि त्यो वातावरण तयार गर्दिनुपर्दछ ।


कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर विश्वकिर्तिमानी राख्ने नुवाकोट शिवपुरीका अनन्तराम केसीले जिल्लाबासीहरुको एकताले तारकेश्रव र नुवाकोटको बिकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदारनरसिंह केसीले जिल्लाबासीको एकताको नाममा खुलेका संस्थाहरु कसैको स्वार्थ पुर्तीका निम्ती राजनीति गर्ने अखडा बनाउन नहुने बताँउदै संस्थालाई विशुद्ध गैरराजनैतिक संस्थाको रुपमा अगाडी बढाउनुपर्ने बताए । केसीले संस्थालाई दिर्घकालीन सहयोग पुग्ने गरी आफनो तर्फबाट आर्थिक सहयोगको निम्ती पहल गर्ने बताए ।
कार्यक्रममा नुवाकोट सरोकार समाजका सचिब अनुजकुमार श्रेष्ठ एकता र सदभाब मार्फत अगाडी बढदै नुवाकोटको बिकासमा लाग्न सबैसंग आग्रह गरे ।
नुवाकोट–तारकेश्वर मैत्री समाजका अध्यक्ष रामगोपाल खडकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङ, नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा, कोषाध्यक्ष महेन्द्र थिंङ, नेकपा नुवाकोटका नेताहरु केपी लामिछाने, पुर्णलाल श्रेष्ठ, लगायत बिभिन्न राजनैतिक दलका नेताहरु, पेशा व्यवसायीहरु लगायतको उपस्थीति रहेको थियो ।