नगरशिक्षाको आयोजनामा राष्ट्रिय बाल दिवस कार्यक्रम

राष्ट्रिय बाल दिवस–२०७५ भव्य रुपले सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका, नगरशिक्षा शाखाद्धारा आयोजित सो दिवस आज एक औपचारीक कार्यक्रमका साथ भव्य रुपले मनाईएको हो । राष्ट्रिय बाल दिवसका अवसरमा तारकेश्वर नगरपालिकाको शिक्षा शाखाले मानव अधिकार शिर्षकमा अन्तर विद्यालयबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको हो ।

सो प्रतियोगितामा तारकेश्वर नगरपालिका अन्र्तगतका ३८ वटा विद्यालयहरु सहभागी भएका हुन् । सो प्रतियोगितामा सिर्जना ज्ञान सागर माविका रिया बस्नेत प्रथम, ग्रामसेवा मा.वि.का रोजमेरी शर्मा द्धितृया, नर्थपोल एकेडेमीका सुनिता गुरुङ तृतीय र सिद्धार्थ मोडल स्कुलका दिपा काप्रीले सान्तवना स्थान हासिल गरेका हुन् ।

तारकेश्वर नगरपालिकाको नगरशिक्षा शाखाद्धारा आयोजित सो कार्यक्रममा बोल्दै ग्रामसेवा मा.विका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबाबु तिमिल्सेनाले नगरशिक्षाद्धारा आयोजित मानव अधिकार शिर्षकको वक्तृत्वकला प्रतियोगिताले विद्याथीहरुको बहस गर्ने क्षमता अभिवृद्धिका साथै प्रतिभा पहिचान भएको बताए । उनले थप्दै भने ग्रामसेवा मा.विको प्राङ्गणमा सञ्चालित नगरशिक्षा शाखाको कार्यक्रमले ग्रामसेवा मा.विको महत्वलाई समेत झल्काएको बताए ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदीले मानव किनबेच गर्ने वस्तु होईन तथापी हाम्रो समाज र राष्ट्रममा यस्ता कार्यहरु हुर्दै आएका छन् र रोक्नको लागि हामी सबैले आ–आफनो स्थानबाट आवश्यक पहल गर्न जरुरी रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख रामेश्वर बोहोराले अन्य नगरपालिकाको तुलनामा तारकेश्वर नगरपालिकाको नगर शिक्षा शाखाले शिक्षा सम्बन्धी गतिविधीहरु तीव्र रुपले अगाडी बढाएको छ भन्ने बताए । उनले थप्दै भने शिक्षाको कार्यक्रममा तारकेश्वरका संस्थागत र सामूदायिक विद्यालयहरुबीच एकआपसमा हितैषी भावनाका साथ सहकार्य हुदै आएको बताए । कार्यक्रमका सभापति एवं नगर शिक्षाका शाखा अधिकृत पदम बहादुर खत्रीले कार्यक्रमलाई सफल बनाउँनको लागि उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनका साथै आगामी दिन नगरशिक्षा शाखाको हरेक कार्यक्रममा तारकेश्वरको संस्थागत र सामूदायिक विद्यालयबाट सकारात्मक सहकार्यले निरन्तरता पाउँनेमा विश्वस्त रहेको बताए । सो कार्यक्रम तारकेश्वर नगरपालिकाका श्रोत व्यक्ति रामेश्वर बोहोराले सञ्चालन गरेका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here