तारकेश्वरमा ३९ औं अन्र्तराष्ट्रिय शिक्षा दिवस भव्य रुपले सम्पन्न

तारकेश्वर नगरपालिकाद्धारा आयोजित ३९ औं अन्र्तराष्ट्रिय शिक्षा दिवस भव्य रुपले सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका आयोजना गरि ३९ औं अन्र्तराष्ट्रिय शिक्षा दिवस मनाईएको हो ।

ग्रामसेवा मावि धर्मस्थलीको प्राङ्गणमा सञ्चालित सो कार्यक्रम नगरप्रमुख रामेश्वर बोहोराको सभापतित्व र काठमाडौं क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगेन्द्र संग्रौला विशेष अतिथीका रुपमा सहभागी भएका थिए ।

यस्तै गरि नगर शिक्षा समितिका समदस्यहरु लोकेन्द्र बहादुर खड्का, विष्णु प्रसादपोखरेल, प्राध्यापक श्यामकृष्ण विष्ट लगायतका व्यक्तिहरु, नगर शिक्षा प्रमुख पदम बहादुर खत्री, उपमेयर भवानी डोटेल धिताल, तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष विदुर सापकोटा, वडा नं ६ का अध्यक्ष मधु कार्की, वडा नं ८ का अध्यक्ष मनोज कुमार घिमिरे, वडा नं ११ का अध्यक्ष विन्दा बुढाथोकी, विभिन्न सामूदायिक तथा संस्थागत विद्यालयका प्रिन्सिपलहरु, विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं सांस्द रामवीर मानन्धरले अहिले शिक्षा हातहात आएको छ भन्ने बताए । उनले भने आजको २१ औ शताव्दीको समयमा आएर विभिन्न डिजिटल प्रविधीले गर्दा पुस्तक नै बोकेर अध्ययन गर्नुपर्छ भन्ने मान्यतालाई विस्थापन गरेको छ ।

यस्तै गरि कार्यक्रमका विशेष अतिथी एवं प्रदेश सांसद योगेन्द्र संग्रौलाले अहिलेको शिक्षा समयानुकल परिवर्तन भएता पनि नैतिक शिक्षाको खडेरी पर्दै आएको बताए । उनले भने पहिले गाउँघरमा दिउँसो विद्यालय जाने र विहान वेलुका बा आमालाई सघाउँने प्रचलन थियो । बा आमाले दिएको संस्कार, समाजसँगको घुलमिल, सामाजिक परिवेशसँगैको शिक्षाले हामीलाई संस्कारीक बनाएको थियो तर आजभोली आधुनिकताको नाममा हामी आफना सन्तानहरुलाई एक्लोपनमा धकेल्दै छौ । एउटा मोबाईल र ल्यापट नै हाम्रा बच्चाहरुको समाज भएको छ भन्ने बताए ।

 शिक्षा प्रेमी धनलाल मर्हजनले अहिले शिक्षाको प्रतिस्प्रर्धा छ भन्ने बताए । उनले भने आफनो पालामा प्रतिस्प्रर्धाको कुनै अर्थ रहदैन्थयो । विद्यालय पनि थोरै थिए र ती विद्यालयमा अध्ययन गर्ने विद्याथीहरु झन थोरै हुन्थे भन्ने बताए । उनले थप्दै भने लामो समयसम्म तारकेश्वरको शिक्षा क्षेत्रमा लागियो । आज नगरपालिकाले पूर्व प्रधानाध्यापकको नाममा सम्मान ग¥यो, यो पक्कैपनि राम्रो पक्ष हो साथै हामीसँग भएको अनुभव र उर्जालाई पनि उपयोग गर्न पाए अझ उत्तम हुने थियो भन्ने बताए ।

नगर शिक्षा समितिका सदस्य प्राध्यापक श्यामकृष्ण विष्टले संस्थागत विद्यालयलाई लक्षित गर्दै शिक्षामा व्यावसायीकरण र शैक्षिक माफियातन्त्रलाई रोक्नुपर्ने बताए । उनले थप्दै भने शैक्षिक माफिया हरुले विद्यार्थीहरुको टाउको तोकी विद्यालय किनबेच गर्दै आएका छन् । यो कुरा समयमै ध्यान दिन आवश्यक छ भन्ने बताए । सामूदायिक विद्यालयमा विविध समस्या रहेका छन् । बाह्खरी पढेको विद्यालय व्यवस्थापनको अध्यक्षले स्नाकोत्तर उतिर्ण प्रधानाध्यापकलाई थर्काउँने नेपालको शिक्षा प्रणालीमा परिवर्तन ल्याउनु पर्ने बताए ।

तारकेश्वर नगरपालिका श्रोत व्यक्ति रामेश्वर पौडेलले कार्यक्रम सञ्चालनको क्रममा ३९ औं अन्र्तराष्ट्रिय शिक्षा दिवसमा विज्ञान प्रदशनी, विभिन्न विद्यामा उत्कृष्टता हासिल गर्ने विद्याथीहरुलाई सम्मानका साथै पुरस्कृत गर्ने, स्थानीय स्तरको शिक्षा क्षेत्रमा योगदान गरेका शैक्षिक व्यक्तिहरुलाई सम्मान लगायतका विभिन्न उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको भन्ने कुरा बताए । कार्यक्रमका सभापति एवं नगरप्रमुख रामभेश्वर बोहोराले तारकेश्वरमा सामूदायिक र संस्थागत विद्यालयहरुको आ–आफनै महत्व रहेको बताए । नगरपालिकाको समग्र शैक्षिक विकासका लागि विद्यालयको अनुगमन, दरबन्दी मिलान, विद्यालयको भौतिक संरचनाको स्तरउन्नती लगायतका क्षेत्रमा विशेष ध्यान दिने कुरा बताए ।
कार्यक्रममा नगरपालिका अन्र्तगत रहेका विभिन्न विद्यालयहरुबाट सेवा निवृत्त ३२ जना प्रधानाध्यापकहरुलाई सम्मान गरिएको हो ।

तारकेश्वर क्षेत्र अन्र्तगत लामो समयसम्म प्रधानध्यापकको रुपमा रहि सेवा गर्दै आउँनु भएका २ जना प्रधानाध्यापक क्रमश नार्गाजुन ठुलागाउँ मावि तारकेश्वर–३ का अर्जुन फुयाल (सामूदायिक तर्फ) र पद्यमचक्र ईङ्गिलिस बोडिङ्ग स्कुल तारकेश्वर–७ का प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी(संस्थागत तर्फ) सम्मानित भएका हुन् ।

शैक्षिक सत्र २०७४ मा तारकेश्वर नगरपालिका भरिमै उत्कृष्ट श्रेणाी हासिल गर्ने संस्थागत विद्यालय तर्फ हिमरश्मी हाई सकुल तारकेश्वर–९ र सामुदायिक तर्फ पृथ्वी नारायण मावि. तारकेश्वर–५ सम्मानित भएका छन् ।

विज्ञान प्रर्दशनीमा सिर्जना र ग्रामसेवा प्रथम


३९ औं अन्र्तराष्ट्रिय शिक्षा दिवसका अवसरमा विज्ञान प्रर्दशनी समेत सञ्चालन भएको थियो । सो प्रर्दशनीमा तारकेश्वरका विभिन्न विद्यालयहरुले आधुनिक प्रविधी सम्बन्धी आफना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । सो प्रर्दशनीलाई नगरशिक्षाले उत्कृष्ठताका आधारमा पुरस्कृत सुमेत गरेको छ । सामूदायिक तर्फ ग्राम सेवा मावि तारकेश्वर–६ प्रथम, साङला बालकुमारी मा.वि तारकेश्वर–१ द्धितृया, र नार्गाजुन मावि तारकेश्वर–५ ले तृतीया स्थान हासिल गरेका हुन् ।

संस्थागत तर्फ सिर्जना ज्ञान सागर मावि. तारकेश्वर–४ प्रथम, अमादवलम एकेडेमी तारकेश्वर–८ द्धितृया, कौशल ईङ्गिलिस बोडिङ्ग स्कुल तारकेश्वर–८ तृतीया र एन्जल हार्ट मावि तारकेश्वर–१० ले सान्तवना स्थान हासिल गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here