घेर्यो कांग्रेसले तारकेश्वर नगरपालिकाको कार्यालय

4888

“हाम्रो सडक कस्तो, भैसीको खाल जस्तो” भन्ने व्याङग्यात्मक नारा लगाउँदै नगरपालिका घेराउ कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वरको स्थानीय सरकारले डेढ वर्ष वितिसक्दा पनि विकासका कार्यले तीवं्रता नलिदाँ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

नेपाली कांग्रेस तारकेश्वर नगर समितीद्धारा आयोजित सो विरोध कार्यक्रम तारकेश्वर–६, जरंखु पुल स्थित रहेको पार्टी कार्यालयबाट नर्थभ्याली–सानोवाईपास हुर्दै नगरपालिकाको कार्यालय खेलाचौरमा गई सो विरोध कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा नगरपालिकाले आफन्तलाई कर्मचारीमा नियूक्ति गरेको, जनतटाको ढाड सेकिने गरि कर वृद्धि गरेको, नगरपालिकाको सडकको स्तर उन्नती नगरेको लगायतका कुराको विरोध गरिएको हो ।


काठमाडौं क्षेत्र नं ६ का नेपाली कांग्रेसका सभापति श्याम कृष्ण खड्गीले नगरपालिकाको कार्यालयले नगरबासीको ढाड सेकिने गरि कर वृद्धि गरिएता पनि वद्धि गरिएको करको सहि सदुपयोग हुन नसकेको बताए ।

नता कर तिर्नुपर्छ तर जनताले तिरेको करको सदुपयो पनि हुनुपर्छ भन्ने कुरा युवा नेता विष्णुभक्त तिमिल्सेनाले बताए ।
नेपाली कांग्रेस तारकेश्वर नगर समितका सभापति श्ररुाम थापाले सडकको विजोग अवस्थाले गर्दा नगरबासीले धेरै दुख पाएको र स्थानीय सरकार सञ्चालनमा रहेका दलहरुको ध्यान नगएपनि प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस चुप लागेर बस्न सक्दैन् भन्ने कुरा बताए ।

कार्यक्रममा नेपाली कांग्रेस तारकेश्वर नगर समितका सचिव परशुराम अर्यालले ज्ञापन पत्रमा उल्लेख गरिएको मागलाई पढेर सुनाए बुझउँदैे कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का नेपाली कांग्रेसका सभापति श्याम कृष्ण खड्गी, नेपाली कांग्रेस तारकेश्वर नगर समितका सभापति श्रीराम तापा, सचिव परशुराम अर्याल, महाधिवेशन प्रतिनिधी ईन्द्रमान मर्हजन, क्षेत्रीय कोषध्यक्ष कृष्णहरी मर्हजन, प्रदेश सभाका उम्मेदवार विष्णुभक्त तिमिल्सेना, माधव तिमिल्सेना, नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्ट लगायत विभिन्न वडाका वडा सभापति, भातृसंगठनका प्रमुख एवं प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।