देवानी तथा फौजदारी संहिता सम्बन्धी अभिमुखीकरण

देवानी तथा फौजदारी संहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रम लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समिति तारकेश्वर–६ को आयोजनामा भएको हो ।

तारकेश्वर–६ स्थित रिभर सािईट रिर्सोटमाको सभाहलमा सञ्चालित सो कार्यक्रममा तारकेश्वर–६ का लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितिका सम्पूर्ण सदस्इका साथै तारकेश्वरका अन्य वडा स्तरीय समन्वय समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

जंगबहादुर राणाको पालाको मुलुकी ऐन प्रतिस्थापन भई १ भदौ देखि मुलुकी संहिता लागू गरियो । दक्षिण एसियाकै पुरानो संहिताबद्ध कानुन १ सय ६५ वर्षपछि सिलसिलाबद्ध, वैज्ञानिक र समयसापेक्ष बनाउन खोजिनु स्वाभाविकै मानियो । तर, केही प्रावधानले स्वतन्त्रता उपयोग गर्दै आएको नेपाली समाजलाई नियन्त्रण गर्ने जोखिम बढाएका छन् । गोपनीयता र गाली–बेइज्जतलाई फौजदारी अपराध मानिएको छ ।

अब त्यस्ता मुद्दा सरकारवादी हुनेछन् । व्यक्तिको गोपनीयता संरक्षणको उद्देश्य बेठीक नदेखिए पनि तिनै प्रावधानहरू स्वतन्त्र प्रेसका बाधक बनेका छन् । सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यबाहेक अर्काको कुरा सुन्न वा रेकर्ड गरिए २ वर्ष कैद वा २० हजार जरिवाना वा दुवै सजाय हुने भनिएको छ । त्यस्तै, अनुमतिबिना कसैको तस्बिर खिचे एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अपराध संहिता ऐनमा व्यंग्य गरी वा अरू कुनै घुमाउरो तवरले कुनै आक्षेप लगाएमा पनि २ वर्ष कैद वा २० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । यस्ता प्रावधानले पूर्ण प्रेस स्वतन्त्रताको अभ्यास गरिरहेको नेपाली सञ्चार क्षेत्रको खोज पत्रकारिता, फोटो र कार्टुन विधा नराम्ररी प्रभावित हुनेछ । संहिताले पत्रकारिताका गतिविधिलाई पनि अपराधको आँखाले हेर्ने जोखिम बढाएको छ । संविधानले नै वाक तथा अभिव्यक्ति स्वतन्त्रताका सीमा तोकिदिएको छ । अहिलेसम्म प्रेसले गर्ने गल्ती वा गाली–बेइज्जती साधारण पद्धतिबाट नियमन भइरहेकै थिए । नयाँ संहिताले प्रेसलाई फौजदारी अपराध अनुसार नियमन गर्न खोजिएसँगै पत्रकारिताका धेरै गतिविधि अनुमति लिएर गर्नुपर्ने स्थितिमा पुग्नेछन् । त्यसले सेल्फ सेन्सरसिपलाई बढाउने र सिंगो पत्रकारितालाई भुत्ते बनाउने खतरा देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here