अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर उच्च जोखिममा

4300

२ दिनको अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर जोखिममा परेका छन् । तारकेश्वर नगपालिका वडा नं ९ स्थित रहेको क्षितिज टोलका ५ वटा घर साईडमा पहिरो जादाँ सो घर जोखिममा परेका हुन् ।

पहिरोले उच्च जोखिममा रहेका सो ५ वटा घरमा बस्दै आएका ६१ जना विस्थापित भएका छन् । विस्थापित हुने घरधनीहरुमा मिरा आचार्य, मदन कुमार श्रेष्ठ, गोपी विक, ललिमाया सुनार र रेनुका दवाडी रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चिरन्जीवि कोईरालले बताए । विस्थापित हरुलाई तारकेश्वर–९ को निर्माण हुन लागेको वडा कार्यालयमा तत्कालका लागि व्यवस्थापन गर्न लागिएको वडा अध्यक्ष बलराम सिटौलाले बताए ।

तारकेश्वर–९ का वडा अध्यक्ष बलराम सिटौला, वडा सदस्य सानुकान्छा मर्हजन, प्रहरी नायव उपरीक्षक चिरन्जीवि कोईरालाका साथ अन्य स्थानीयहरु

अध्यक्ष सिटौलाका अनुसार तत्काल पहिरो नियन्त्रणका लागि पहिरो गएको स्थानमा प्लाष्टिकले छोप्ने कार्य भईरहेको
छ । पहिरो नियन्त्रणका लागि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र रेडक्रसलाई जानकारी दिईसकेको र नगरपालिकाबाट उपमेयर, प्रंमुख प्रशासकीय अधिकृत सहित प्राविधकहरुको टोलीले निरीक्षण गरिसकेको अध्यक्ष सिटौलाले बताए ।


सोही पहिरोको जोखिम यूक्त स्थानमा बसोवास गर्दै आएका तारकेश्कवर आवाजका सहसम्पादक रामशरण थापाका अनुसार २ दिन अघि हल्का पहिरो गएको र सो पहिरो तीन चरणमा गएको हो । स्थानीय दरर्गा श्रेष्ठका अनुसार सो पहिरो गएको जोखिमयूक्त स्थानमा ६ महिना अगाडी नाग देखा परेको थियो । नागलाई सोही स्थानमा घर भएका एक जना घरवेटीले मार्दा ६ महिना पछि अनिष्ट हुने हल्ला चलेको थियो, आजकै दिन ६ महिना पुगेकोले पहिरो गएको उनको भनाई रहेको छ ।
पहिरो गएको जोखिम यूक्त स्थान करीव १० वर्ष अघि पल्टिङ गरिएको र सो स्थानको माटो अविरल वर्षाले गर्दा भासिन गई पहिरो गएको हुन सक्ने प्राविधिक ठम्याई रहेको वडा अध्यक्ष सिटौलाले बताए ।

यो पनि पढनुहोस् ।

तारकेश्वर–१० मा पनि पहिरो