शान्तिधामको अध्यक्षमा श्रीराम थापा चयन

387

वृहत शान्तिधाम नेपाल तारकेश्वर–२, काठमाडौं अध्यक्षमा समाजसेवी श्रीराम थापा सर्वसम्मतले चयन भएका छन् । ११ गते संंस्थाको प्राङ्गणमा आयोजित एक औपचारीक कार्यक्रमबाट थापा अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष थापा नेपाली कांग्रेस तारकेश्वर नगर समितिका सभापतिका साथै संयूक्त खस क्षेत्री समाजका वरिष्ट उपाध्यक्ष समेत हुन् । यस्तै गरि उपाध्यक्षमा कृष्ण रिमाल, टंक प्रसाद अधिकारी चयन भएका छन् । महासचिवमा बालकृष्ण भण्डारी चयन भएका छन् भने कोषाध्यक्षमा शालिकराम लामिछाने चयन भएका हुन् ।

सदस्यमा भोजराज फुयाल, बुद्धरत्न खड्गी र लुला कुमारी भण्डारी लगायतका व्यक्तिहरु रहेका छन् । वृहत शान्तिधाम नेपालको निवर्तमान अध्यक्ष एवं संस्थापक धर्मानन्द उपे्रती सल्लाकारको रुपमा रहेका छन् ।

सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधान र प्रदेश सांसद योगेन्द्र संग्रौला, काठमाडौं जिल्ला समन्वय समितिका सदस्य रघुनाथ तिम्लसेना, तारकेश्वर–२ का वडा अध्यक्ष रविन्द्र के.सी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
वृहत शान्ति धाम नेपाल अन्र्तगत भारतको उत्तराखण्डमा अवस्थित भगवान बद्रीनाथको जस्तै मन्दिरको आकृति र भगवानको श्रीविग्रह लगभग उस्तै खालको हुने गरि निर्माण गरिएको मन्दिर छ । गत वैशाख ६ गते सो मन्दिरको भव्य रुपमा राष्ट्रपतिद्धारा समुद्घाटन गरिएको हो । हाल सो मन्दिरमा स्वदेशी तथा वेदिेशी धार्मिक पर्यटकहरुको घुईचो लाग्ने गरेको नवनिर्वाचित अध्यक्ष थापाले बताए । तारकेश्वर–२ स्थित रहेको सो मन्दिर धार्मिक पर्यटनको मुख्य केन्द्रंको रुपमा स्थापना गर्ने लक्ष्य रहेको कुरालाई समेत जोड दिए अध्यक्ष थापाले ।